ताइवान भूकम्प अपडेट : ४ को मृत्यु, २६ वटा भवनमा क्षति

एजेन्सी

बुधबार, २१ चैत्र २०८०, १२ : १८
ताइवान भूकम्प अपडेट : ४ को मृत्यु, २६ वटा भवनमा क्षति

काठमाडौँ । ताइवानमा आज बिहान ७ दशमलव २ म्याग्निच्युडको भूकम्प जाँदा चार जनाको मृत्यु भएको त्यहाँको सरकारले जनाएको छ । भूकम्पमा परेर दर्जनौँ घाइते भएका छन् ।

यो टापुमा २५ वर्षयताकै सबैभन्दा शक्तिशाली भूकम्प आएको हो ।भूकम्पपछि दक्षिणी जापान र फिलिपिन्सका समुद्री क्षेत्रमा सुनामी आउने चेतावनी दिएको छ ।

ताइवानको सरकारले भूकम्पको केन्द्रबिन्दु रहेको थोरै जनसङ्ख्या भएको पूर्वी काउन्टी हुआलियनमा चार जनाको मृत्यु भएको र ५० भन्दा बढी घाइते भएको बताएको छ । अहिलेसम्म २६ वटा भवन भत्किएका छन् भने हुआलियनमा २० जना मानिस खण्डहरमा फसेका छन् । अहिले त्यहाँ उद्धार कार्य जारी छ ।

ताइवान टेलिभिजन स्टेशनहरूले हुआलियनमा बिहान ८ बजे भूकम्प जाँदा मानिसहरू काममा जाने र विद्यार्थीहरू स्कुल जाने दौडधुपमा थिए । ताइवानको केन्द्रीय मौसम प्रशासनका अनुसार भूकम्पको गहिराई १५.५ किलोमिटर (९.६ माइल)रहेको मापन गरिएको छ ।

Tags :  

प्रतिक्रिया दिनुहोस