निर्मला हत्या प्रकरण : अनुसन्धानमा महिला प्रहरी टोली

मंगलबार, ०२ असोज २०७५, १२ : ०२
निर्मला हत्या प्रकरण : अनुसन्धानमा महिला प्रहरी टोली


काठमाडौं । कञ्चनपुरकी निर्मला पन्तको हत्या प्रकरणको अनुसन्धानमा प्रहरी महिला प्रहरी टोली पनि खटाइएको छ । 
पीडित, स्थानीय महिलाअधिकारकर्मी तथा अन्यसँग समन्वय गरी अनुसन्धानलाई प्रभावकारी बनाउन प्रहरी उपरीक्षक (एसपी) दुर्गा सिंहको नेतृत्वमा महिला प्रहरी टोली खटाइएको हो । महिला तथा बालिकासँग सम्बन्धित केश भएकाले अनुसन्धानलाई प्रभावकारी बनाउन सहज होस् भनेर महिला प्रहरीको टोली खटाइएको हो । 


 

प्रतिक्रिया दिनुहोस