दुई निर्माण कम्पनी सरकारको कालो सूचीमा

सफल खबर संवाददाता

मंगलबार, २० चैत्र २०८०, ०९ : ३६
दुई निर्माण कम्पनी सरकारको कालो सूचीमा

काठमाडौँ । सरकारले दुई वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ ।

सार्वजनिक खरिद अनुगम कार्यालयले सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम एक वर्षका लागि कालो सूचीमा राखिएको जनाएको छ ।

कार्यालयका अनुसार सार्वजनिक निकायहरूबाट लेखी आए बमोजिम सोमबारको निर्णयअनुसार नरेश प्रसाद ओझा मुख्य व्यक्ति रहेको श्री जुगल बिल्डर्स कम्पनी प्रालिलाई ३ वर्ष र कान्ति देवी मिश्र मुख्य व्यक्ति रहेको श्री जेएमबिडी इन्टरनेशनललाई एक वर्ष, ६ महिनाका लागि कालो सूचीमा राखिएको हो । 

कालो सूचीमा राखिएकोले उक्त निर्माण व्यवसायीले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने सूचनामा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस