काठमाडौँ । नेकपा एकीकृत समाजवादीले बागमती र सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री पाउने भएको छ । नयाँ सत्ता समीकरण दलका शिर्ष नेताहरुबीच एकीकृत समाजवादीलाई सुदूरपश्चिममा तत्काल र बागमतीमा पालैपालो मुख्यमन्त्री दिने सहमति भएको हो ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आजको बैठकमा विश्वासको मत लिदै छन् । ११० सदस्य रहेको बागमती प्रदेशमा विश्वासको मत लिन ५६ मत आवश्यक पर्दछ । बागमतीमा सत्ता समीकरण दल एमालेका २७, माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ सांसद रहेका छन् । बागमतीमा कांग्रेसका ३७, राप्रपाका १३ र नेमकिपाका ३ सांसद रहेका छन् ।
त्यसैगरी ५२ सुदूरपश्चिम प्रदेशमा कांग्रेसका १८, माओवादीकेन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टी (नाउपा) का ७, एकीकृत समाजवादी ४ र राप्रपा र स्वतन्त्र २ सांसद छन् ।
सुदूरपश्चिममा नाउपामा सरकारलाई समर्थन गर्ने विषयमा विवाद रहेको छ । त्यसैले सरकार परिवर्तन गर्न सजिलो भने देखिएको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ चैत्र २०८०, १९ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी, एकीकृत समाजवादीसहित नौ वाम पार्टीवीच आज औपचारिक एकता घोषणा सभा हुँदै
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
जनार्दन र घनश्यामले माओवादी र एकीकृत समाजवादी नै ब्यूताउँन सक्छन् ? यस्तो छ कानुनी ब्यवस्था
एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक सकियो, माओवादीसँग एकता गर्ने निर्णय
माओवादी केन्द्रसँग एकताको विपक्षमा खुले झलनाथसहित १४ जना नेता, अरु को-को छन् ?
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै