महालेखापरीक्षकमा तोयम रायको नाम सिफारिस

सफल खबर संवाददाता

आइतबार, १८ चैत्र २०८०, ११ : ०७
महालेखापरीक्षकमा तोयम रायको नाम सिफारिस

काठमाडौं। संवैधानिक परिषद्ले रिक्त महालेखापरीक्षकमा तोयम रायलाई सिफारिस गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बसेको संवैधानिक परिषद् बैठकले रायलाई सिफारिस गरेको हो ।

 

अर्थ मन्त्रालयको सचिवको जिम्मेवारी सम्हालिसकेका राय अहिले राष्ट्रिय तथ्याङ्क कार्यालयको सचिव छन् । टंकमणि शर्माको कार्यकाल सकिएपछि महालेखापरीक्षक पद रिक्त थियो ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको परिषद् बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी भएका थिए ।  

 

प्रतिक्रिया दिनुहोस