मनकामना जाँदै गरेको जीप दुर्घटना हुँदा एकजनाको मृत्यु

सफल खबर संवाददाता

शनिबार, १७ चैत्र २०८०, १९ : ३०
मनकामना जाँदै गरेको जीप दुर्घटना हुँदा एकजनाको मृत्यु

काठमाडौँ । गोरखाको सहिद लखन गाउँपालिका–३, घोर्लेस्वाँरामा शनिबार दिउँसो स्कारपियो जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

नवलपरासी पूर्वबाट मझुवादेउराली हुँदै मनकामनातर्फ जाँदै गरेको ग १ च ७६१९ नम्बरको जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिए ।

दुर्घटनामा परी जीपमा सवार नवलपरासी पूर्वको विनयत्रिवेणी गाउँपालिका–४ का ४५ वर्षीय शोभाखर गैरेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस