गाजा । गाजामा युद्धविरामको लागि वार्ता गर्न इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहू सहमत भएका छन् । इन्टरनेशनल कोर्ट अफ जस्टिस (आईसीजे) ले गाजामा विनाअवरोध सहायता सामग्री पुग्ने सुनिश्चित गर्न इजरायललाई आदेश दिएलगत्तै प्रधानमन्त्री नेतन्याहूले नयाँ वार्ताका लागि सहमति जनाएका छन् ।
गाजा युद्धविराम र बन्धक रिहाइका लागि आउँदो दिनमा कतारको दोहा र इजिप्टको कायरोमा नयाँ वार्ता हुने इजरायली प्रधानमन्त्रीको कार्यालयले जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
इजरायलले गाजालाई पूर्ण रूपमा घेराबन्दीमा पारेपछि गएको अक्टोबरदेखि गाजामा आवश्यक सामग्रीको अभाव हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, १७ चैत्र २०८०, ११ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लेबनान-इजरायलबीच युद्ध विराम अवधि थप, संयुक्त राष्ट्रसंघ महासचिवद्वारा स्वागत
इजरायलस्थित नेपाली राजदूतावासले भन्यो-‘अनौपचारिक रूपमा विप्रेषणको कारोबार नगर्नू’
इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण
इजरायली सुरक्षा प्रणालीमा इरानले दियो धक्का
इजरायलमा इरानी हमला : ८८ घाइते, संकटकाल घोषणा
इरानी आक्रमण : सुरक्षा व्यवस्था मजबुत बनाउने इजरायली प्रधानमन्त्री नेतन्याहूको घोषणा