राप्रपा अध्यक्ष लिङदेनसँग अमेरिकी राजदूतको शिष्टाचार भेट

सफल खबर संवाददाता

बुधबार, १४ चैत्र २०८०, ११ : ३५
राप्रपा अध्यक्ष लिङदेनसँग अमेरिकी राजदूतको शिष्टाचार भेट

काठमाडौं। नेपालका लागि अमेरिकी राजदूत डिन आर थोम्प्सनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनसँग शिष्टाचार भेटवार्ता गरेका छन् । राजदूत थोम्प्सनले आज बिहान राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा अध्यक्ष लिङदेनसँग भेट गरेका हुन् ।

भेटका अवसरमा द्विपक्षीय हितका विविध विषयमा छलफल भएको राप्रपाले जनाएको छ । कुराकानीका क्रममा अमेरिकी संसद्‌मा नेपालमा नास्तिकता फैलाउन अमेरिकी लगानीसम्बन्धि छलफल भएको विषयमा अध्यक्ष लिङ्देनले जिज्ञासा राखेका थिए ।

जवाफमा राजदूत थोम्प्सनले नेपालमा नास्तिकता फैलाउन अमेरिकाले कुनै लगानी नगरेको र गर्ने नीति पनि नरहेको स्पष्ट पारे ।

नेपालको धार्मिक सदभाव, एकता उत्कृष्ट रहेको बताउँदै राजदूत थोम्प्सनले नेपालबाट चोरी भई अमेरिका पुऱ्याइएका मूर्तिहरू नेपाल फिर्तागरी सम्बन्धित मठ मन्दिरमा पुन:स्थापना गर्ने अमेरिकी नीति रहेको जानकारी गराए ।

भेटका अवसरमा राप्रपाले सरकारलाई ४० बॅुदे माग पेश गर्दै काठमाण्डौं केन्द्रित प्रदर्शनको तयारीमा रहेको विषयमा समेत कुराकानी भएको राप्रपाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस