नेपालबाट निष्काशनमा पर्नेमा सबैभन्दा धेरै चिनियाँ

पत्रपत्रिकाबाट

बुधबार, १४ चैत्र २०८०, ०८ : ३५
नेपालबाट निष्काशनमा पर्नेमा सबैभन्दा धेरै चिनियाँ

काठमाडौ । नेपालमा रहेर विभिन्न आपराधिक कार्य गर्नेसहित ३५ सयभन्दा बढी विदेशीलाई सरकारले निष्कासन गरेको छ।

अध्यागमन विभागले नेपालका विभिन्न भूभागमा रहेर आपराधिक गतिविधि गर्ने र गैरकानुनी रूपमा बसेका ३५ सय ७६ विदेशीलाई निष्कासन गरेको हो। यसरी निष्कासनमा पर्नेमा सबैभन्दा बढी चिनियाँ नागरिक रहेका छन् ।

अध्यागमन विभागका अनुसार यसरी निष्कासन हुनेमा २०२३ मा चीनका मात्रै २ सय ९ जना रहेका थिए । यसै गरी सोही अवधिमा निष्कासन गरिएका अन्य देशका नागरिकहरूमा अमेरिकाका ३७, बंगलादेशका १९, बेलायतका १८, श्रीलंकाका ११, पाकिस्तानका १०, स्विडेनका १०, अफगानिस्तानका ९, जर्मनीका ८ र दक्षिण कोरियाका ७ जना रहेको अध्यागमन विभागले जनाएको छ । नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस