काठमाडौं। भारतको राजधानी नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीविरुद्ध आम आदमी पार्टीले विरोध प्रदर्शन गर्ने भएको छ । आम आदमी पार्टीले आज नयाँ दिल्लीको लोककल्याण मार्गस्थित प्रधानमन्त्री निवास ‘घेराउ’ गर्ने भएको हो ।
दिल्लीका मुख्यमन्त्री कथित रक्सी घोटाला प्रकरणमा ईडीको हिरासतमा छन् । समाचार एजेन्सी एएनआईका अनुसार दिल्ली प्रहरीले विरोध प्रदर्शनका लागि अनुमति नदिएको जनाएको छ ।प्रधानमन्त्री निवास वरिपरि सीआरपीसीको धारा १४४ लगाइएको छ।पटेल चोक मेट्रो स्टेशन नजिकैको सुरक्षा व्यवस्था पनि कडा पारिएको बीबीसी हिन्दीले जनाएको छ।
आम आदमी पार्टीले आइतबार पनि विरोध प्रदर्शन गरेको थियो । दिल्लीका मन्त्री गोपाल राईले केजरीवाललाई जसरी गिरफ्तार गरियो त्यसबाट जनता आक्रोशित भएको बताएका थिए ।
यता बीजेपीले केजरीवालको राजीनामा माग गर्दै आन्दोलन गर्ने योजना बनाएको छ । भाजपाले केजरीवाललाई मुख्यमन्त्री पदबाट राजीनामा दिनुपर्ने माग गर्दै आएको छ भने आपले बारम्बार केजरीवाल दिल्लीको मुख्यमन्त्री रहने र जेलभित्रै बसेर काम गर्ने दोहोर्याइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ चैत्र २०८०, ११ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दिल्लीका मुख्यमन्त्री केजरीवाललाई जेलमा पहिलो पटक इन्सुलिन दिइयो
अदालतबाट केजरीवालले पाएनन् राहत
भारत सरकारलाई प्रदर्शनकारीको चुनौती– म पनि केजरीवाल हुँ, मलाई पनि गिरफ्तार गर
हिरासतबाट दिल्लीका जनतालाई केजरीवालको सन्देश