इलाम-२ मा काँग्रेसले गर्‍यो सात जनाको नाम सिफारिस

सफल खबर संवाददाता

सोमबार, १२ चैत्र २०८०, १३ : ४५
इलाम-२ मा काँग्रेसले गर्‍यो सात जनाको नाम सिफारिस

काठमाडौँ । नेपाली काँग्रेस कोशी प्रदेश समितिले इलाम-२ मा हुने उपनिर्वाचनका लागि ७ जनाको नाम केन्द्रमा पठाएको छ । आंकाक्षीमध्ये पहिलो नम्बरमा भेषराज आचार्यको नाम राखिएको छ ।

दोस्रो स्थानमा पूर्वसांसद केशव थापा र तेस्रोमा जिल्ला सभापति डम्बर खड्काको नाम सिफारिस गरिएको छ । खड्का गत निर्वाचनमा एमाले नेता सुवासचन्द्र नेम्बाङसँग ११४ मतले पराजित भएका थिए ।

पहिलो नम्बरमा नाम सिफारिस गरिएका आचार्य २०७० को निर्वाचनमा पराजित भएका थिए । नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र चन्द्रकला राईको नाम पनि सिफारिस भएको छ । काँग्रेसको विधानअनुसार संसदीय बोर्डले उम्मेदवार चयन गर्ने व्यवस्था छ ।

इलाम-२ को उपनिर्वाचनका लागि एमालेबाट दिवङ्गत नेता सुवासचन्द्र नेम्बाङका छोरा सुहाङ नेम्बाङ उम्मेदवार हुने भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस