भुटान-भारतबीच अन्तरिक्ष सहकार्यकाे सम्झौता

एजेन्सी

शनिबार, १० चैत्र २०८०, ११ : ५४
भुटान-भारतबीच अन्तरिक्ष सहकार्यकाे सम्झौता

काठमाडौं । भुटान र भारतले अन्तरिक्ष सहकार्य गर्ने भएका छन्।

शुक्रबार भुटान भ्रमणमा पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भुटानी समकक्षी छिरिङ तोग्बेले यस्तो सम्झौता गरेका हुन् । तोग्बेले भुटान र भारतको ९ वटा सम्झौता भएको सार्वजनिक गरेका छन् । जसमा एक सम्झौता अन्तरिक्ष सहकार्य छ ।

अन्तरिक्ष क्षेत्रमा जोइन्ट प्लान अफ एक्सन गरिने र त्यसको लागि तालिम र आदानप्रदान कार्यक्रम हुने सम्झौता भएको भुटानी अखबार दि भुटनिजले उल्लेख गरेको छ । अन्तरिक्ष बाहेक भुटान र भारतले उर्जा, खेलकुद, खाद्य, औषधी लगायत क्षेत्रमा पनि सम्झौता गरेको छ ।

भुटानी प्रधानमन्त्री तोग्बेको भारत भ्रमण सकिएको चार दिनमा शुक्रवार थिम्पु आएका मोदी आज शनिवार भारत फर्किँदैछन् ।

 

प्रतिक्रिया दिनुहोस