दशरथ रंगशालामा ‘राइट टु प्रोटिन रन’

सफल खबर संवाददाता

शनिबार, १० चैत्र २०८०, १० : ५८
दशरथ रंगशालामा ‘राइट टु प्रोटिन रन’

काठमाडौ । नेपाल भेटेरिनरी संघले शनिबार काठमाडाैँस्थित दशरथ रंगशालामा ‘राइट टु प्रोटिन रन’ प्रतियोगिता आयोजना गरेको छ।

प्रतियोगितामा ७ हजारभन्दा बढी जनाको सहभागिता रहेको आयोजकले जनाएको छ। 

दौडका ८ विधामा ७ हजार १९ प्रतिस्पर्धी छन्। हाफ म्याराथनको पुरुषमा १ हजार २ सय ६६ र महिलामा १ सय ८२ खेलाडी सहभागी भएका छन्। 

पुरुष १० किलोमिटर दौडमा ३ हजार ८१ र महिला ५ किलोमिटर दौडमा १ हजार १ सय ६६ खेलाडी सहभागी छन्।

कक्षा १२ सम्मको पुरुष ५ किलोमिटर दौडमा ७ सय ९२ र महिला ३ किलोमिटर दौडमा ४ सय ७२ तथा ह्विलचेयरतर्फ पुरुष ४० र महिला २० खेलाडी छन्। 

हाफ म्याराथनतर्फ पुरुष-महिलामा शीर्ष पाँच स्थानमा रहनेले क्रमशः १ लाख, ७५ हजार, ५० हजार, ४० हजार र ३० हजार नगद पुरस्कार पाउने छन्।

पुरुष १० किलोटिमर दौडमा पहिलोदेखि पाँचौँ स्थानमा रहनेले क्रमश: ५० हजार, ४० हजार, ३० हजार, २० हजार र १० हजार नगद प्राप्त गर्ने छन्।

कक्षा १२ सम्मको महिला ३ किलोमिटरमा पहिलो हुने २० हजार, दोस्रोले १५ हजार, तेस्रोले १० हजार, चौथोले ५ हजार र पाँचौंले २ हजार ५ सय नगद पुरस्कार राखिएको छ। 

बाँकी ४ विधामा पहिलो हुनेले ३० हजार, दोस्रोले २० हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार र पाँचौँले ५ हजार नगद पुरस्कार जित्ने छन् । उपरोक्त आठै विधाको नगद पुरस्कार कर बाहेकको हो ।

प्रोटिन पाउने अधिकारको मर्मलाई आत्मसात् गर्दै प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन जनचेतना फैलाउने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गरिएको हो। यो तेस्रो संस्करण भएको आयोजकले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस