काठमाडौ । प्रहरीबाट पक्राउ परेपछि हिरासतमा बस्नुपर्ने व्यक्ति स्वास्थ्यको कारण देखाउँदै अस्पताल जाने प्रवृत्तिबारे उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपाल मेडिकल काउन्सिलका प्रतिनिधिसँग छलफल गरेका छन् ।
काउन्सिलका प्रतिनिधिलाई मन्त्रालयमा आमन्त्रण गरी मन्त्री लामिछानेले स्वस्थ व्यक्तिसमेत हिरासत छल्न अस्पतालमा बस्ने प्रवृत्ति रोक्न काउन्सिलबाट सुझाव लिएको उनको सचिवालयले जनाएको छ ।
सो क्रममा लामिछानेले विदेशका व्यवस्थासहित नेपालमा हालसम्म भएका घटना र प्रवृत्तिको अध्ययन बेथिति न्यूनीकरणका उपायसहितको प्रतिवेदन दिन आग्रह गरे ।
यसबारे मन्त्रालयले सोमबार काउन्सिललाई पत्राचार गर्नेछ। छलफलमा सहभागी काउन्सिलका सदस्य डा कुञ्जाङ शेर्पाले यो प्रवृत्तिबारे गृह मन्त्रालयले पहिलोपटक चासो राखेको जानकारी दिए ।
मन्त्रालयमा भएको छलफलमा डा शेर्पासहित काउन्सिलका सदस्यहरू डा रूपक घिमिरे, डा प्रणय रत्न शाक्य र डा कालुसिंह खत्री सहभागी थिए। पछिल्लो समय पूर्वसभामुख कृष्ण बहादुर महरा पक्राउ परेपनि उनी हिरासतमा बसेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० चैत्र २०८०, ०७ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्री सुधन गुरुङले गरे रास्वपा महाधिवेशनस्थलको निरीक्षण
दरबार हत्याकाण्डको पुनः छानबिन गर्ने कसरी ?
गृहमन्त्री गुरुङले दिए राजीनामा
गृहमन्त्री गुरुङको आर्थिक कारोबारका श्रृंखलाबद्ध खुलासा
विशेष छलफलमा गृहमन्त्री गुरुङ
गृहमन्त्रीबारे रास्वपा केन्द्रीय समिति बैठकमा छलफल नै भएन