दिल्लीका मुख्यमन्त्री केजरीवाललाई ६ दिन हिरासतमा राख्न अदालतको अनुमति

एजेन्सी

शनिबार, १० चैत्र २०८०, ०७ : ३५
दिल्लीका मुख्यमन्त्री  केजरीवाललाई  ६ दिन हिरासतमा राख्न अदालतको अनुमति

एजेन्सी । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई मार्च २८ सम्म हिरासतमा पठाइएको छ ।

उनीमाथि दिल्लीको मदिरा नीतिमा भएको कथित घोटालामा संलग्न रहेको आरोप छ ।

शुक्रबार रति दिल्लीस्थित अदालतले मार्च २८ सम्म हिरासतमा राख्न अनुमति दिएको हो । इडीले अदालतमा दिल्लीको मदिरा नीतिको अनियमिततामा मुख्यमन्त्री केजरिवाल मुख्य दोषी भएको जिकिर गरेको बताइएको छ ।

बिहीबार राति मुख्यमन्त्री केजरीवाललाई प्रवर्तन निर्देशनालय (इडी) ले नयाँ दिल्लीस्थित उनको निवासबाट पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस