काठमाडौँ । नेपाली काँग्रेसले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । प्रदेश प्रमुखलाई शुक्रबार पत्र लेख्दै काँग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताएको हो ।
‘मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि नेपालको संविधानको धारा १६८ अनुसार नेपाली काँग्रेस संसदीय दलको समर्थन रहेकोमा आजकै मितिबाट सो समर्थन फिर्ता लिइएको ब्यहोरा जानकारीको लागि अनुरोध छ ।’ काँग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले प्रदेश प्रमुख कार्यालयमा बुझाएको पत्रमा उल्लेख छ ।
केन्द्रमा समीकरण फेरिएपछि गत सोमबार काँग्रेसका तीन मन्त्रीलाई मुख्यमन्त्री सरोजकुमार यादवले बर्खास्त गरेका थिए । उनले सोही दिन नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मन्त्री नियुक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ चैत्र २०८०, १९ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपतिको सम्बोधनका क्रममा प्रधानमन्त्रीले संसद् छाडेको विषयमा काँग्रेसद्वारा जवाफ माग
भ्रष्टाचार मुद्दामा सांसदलाई विशेष संरक्षणको प्रावधानप्रति काँग्रेसको आपत्ति
काँग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अब अनलाइन प्रणालीमार्फत गर्न सकिने
कांग्रेसले बहिष्कार गर्यो राज्य व्यवस्था तथा सुशासन समितिको बैठक
कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक बस्दै
मुख्यमन्त्री बानियाँमाथि गरिएको छानबिन प्रक्रियाबारे काँग्रेसको असन्तुष्टि