काठमाडौँ । नेपाली काँग्रेसले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । प्रदेश प्रमुखलाई शुक्रबार पत्र लेख्दै काँग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताएको हो ।
‘मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि नेपालको संविधानको धारा १६८ अनुसार नेपाली काँग्रेस संसदीय दलको समर्थन रहेकोमा आजकै मितिबाट सो समर्थन फिर्ता लिइएको ब्यहोरा जानकारीको लागि अनुरोध छ ।’ काँग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले प्रदेश प्रमुख कार्यालयमा बुझाएको पत्रमा उल्लेख छ ।
केन्द्रमा समीकरण फेरिएपछि गत सोमबार काँग्रेसका तीन मन्त्रीलाई मुख्यमन्त्री सरोजकुमार यादवले बर्खास्त गरेका थिए । उनले सोही दिन नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मन्त्री नियुक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ चैत्र २०८०, १९ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्लाही-४ केन्द्रित अध्ययनका लागि विषयगत टोली गठन
काँग्रेस पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम किन भयो स्थगित ?
कांग्रेसका पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम स्थगित
कांग्रेस सभापति थापा आज सर्लाही जाँदै
कांग्रेसले गर्यो जनकपुरको चुनावी सभा स्थगित, यस्तो छ कारण
राष्ट्रिय सभा चुनाव आज, कांग्रेसले गठबन्धनमा के गर्ला ?