बुटवल । लुम्बिनी प्रदेशमा एमाले जिल्ला अधिवेशनको तयारी सुरु भएको छ । नेकपा एमाले केन्द्रीय समितिले जेठभित्र अधिवेशन सम्पन्न गर्न निर्देशन दिएसँगै प्रदेशका जिल्लामा अधिवेशनको मिति तोक्न क्रम सुरु भएको एमाले लुम्बिनी प्रदेशका अध्यक्ष राधाकृष्ण कँडेलले बताए ।
लुम्बिनी प्रदेशमा रहेका १२ वटा जिल्लाहरूमध्ये रोल्पामा एमाले अधिवेशन सम्पन्न भइसकेको छ । पूर्वी रुकुममा चैत २९ र ३० गते अधिवेशन गर्दैछ । बर्दियामा जेठ १४ र १५ गते अधिवेशनको मिति तोकिएको छ भने बाँकेमा जेठ २ र ३ गते मिति तोकिएको छ ।
अन्य जिल्लामा पनि निर्वाचन मिति तोक्ने तयारी भैरहेको छ । प्रदेश कमिटीको चैत १४ गते बस्ने बैठकमा धेरै जिल्लाका अध्यक्षहरूसँग समन्वयन गरेर मिति तोकिने प्रदेश अध्यक्ष कँडेलले बताए ।
जिल्ला अधिवेशन आफ्नो अनुकूलमा हुने भएपनि प्रदेशले समन्वयन गर्ने र सकभर एक जिल्लासँग अर्को मिति नजुधाउने गरी लैजाने तयारी भएको उनले बताए ।अधिवेशन सम्पन्न भैसकेको रोल्पाको अध्यक्षमा अमृतबहादुर बुढामगर विजयी भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ चैत्र २०८०, १३ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनी प्रदेशमा झण्डै १३ हजार छाडा चौपाया : सर्वेक्षण
लुम्बिनी प्रदेश प्रमुखद्वारा सातौँ अधिवेशन आह्वान
लुम्बिनीका नवनियुक्त युवा तथा खेलकुदमन्त्री पाण्डेले लिए शपथ
लुम्बिनीका नवनियुक्त युवा तथा खेलकुदमन्त्री पाण्डेले लिए शपथ
जसपाद्वारा लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता
लुम्बिनीमा ११ महिनामा ५९ प्रतिशत मात्रै विकास बजेट खर्च