एक घण्टामा श्रम स्वीकृति दिन नसकिने

सफल खबर संवाददाता

शुक्रबार, ०९ चैत्र २०८०, ०७ : ५१
एक घण्टामा श्रम स्वीकृति दिन नसकिने

काठमाडौ । श्रम  स्वीकृति  दिने  जिम्मा  पाएको  वैदेशिक  रोजगार  विभाग  अन्तर्गतका  वैदेशिक  रोजगार  कार्यालय  तथा  श्रम  कार्यालयहरूले  हालको  सफ्टवेयरबाट  एक  घण्टामा  श्रम  स्वीकृति दिन नसक्ने जनाएका छन् ।

श्रम,  रोजगार  तथा  सामाजिक  सुरक्षामन्त्री  डोलप्रसाद  अर्याल (डिपी) ले शुुव्रmबारदेखि एक घण्टाभित्र श्रम स्वीकृतिदिने तयारी गरेको बताएका थिए । 

विभाग  अन्तर्गतका  वैदेशिक  रोजगार  कार्यालय  काठमाडौँसहित  श्रम  तथा  रोजगार  कार्यालय  पोखरा,  श्रम  तथा रोजगार कार्यालय बुुटवल, श्रम तथा रोजगार कार्यालय जनकपुर र श्रम तथा रोजगार कार्यालय सुुर्खेत र दूतावासबाट गन्तव्य देशबाट श्रम स्वीकृति लिन सकिने व्यवस्था छ ।

विभागका  अनुसार  पछिल्लो  समयमा  औसतमा  एक  हजार पाँच सय जनाले श्रम स्वीकृति लिने गरेकोमा दैनिक आठ सयभन्दा बढीले वैदेशिक रोजगार कार्यालय काठमाडौँबाट लिने गरेका छन् ।

हाल वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) नामक सफ्टवेयरमार्फत श्रम स्वीकृति लिने व्यवस्था हुँदै आएको खबर गोरखापत्रमा छापिएको छ ।