हेटौंडा-चखेल- काठमाडौं सडक १६ दिनको लागि बन्द

सफल खबर संवाददाता

विहीबार, ०८ चैत्र २०८०, १३ : १३
हेटौंडा-चखेल- काठमाडौं सडक १६ दिनको लागि बन्द

हेटौंडा । हेटौंडाबाट काठमाडौं जाने सबैभन्दा छोटो दुरीको हेटौंडा- चखेल-काठमाडौं सडक १६ दिनको लागि बन्द भएको छ ।

बुधवारबाट १६ दिनसम्मको लागि सडकमार्ग बन्द गरिएको हो । इन्द्रसरोवर गाउँपलिका- ५ ले सूचना जारी गर्दै सडक कालोपत्रेका लागि बेस बिच्छ्याउने काम सुरु भएको भन्दै चैत्र २३ सम्मको लागि सडकमार्ग बन्द रहेको जानकारी दिएको छ ।

सडक मार्ग अन्तरगत मकवानपुर तथा काठमाडौ खण्डमा कालोपत्रेको काम सुरु भएको वडाअध्यक्ष दुतराज तितुङले बताए ।

प्रतिक्रिया दिनुहोस