दीपक मनाङेलाई स्पष्टीकरण सोध्ने एकीकृत समाजवादीको निर्णय

सफल खबर संवाददाता

बुधबार, ०७ चैत्र २०८०, २० : ०७
दीपक मनाङेलाई स्पष्टीकरण सोध्ने एकीकृत समाजवादीको निर्णय

पोखरा। स्वतन्त्र हैसियत मागेको भोलिपल्टै नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा गएका राजीव गुरुङ (दीपक मनाङे)लाई एकीकृत समाजवादीले स्पष्टीकरण सोध्ने  निर्णय गरेको छ ।

एकीकृत समाजवादी पार्टीको सदस्य भएर पार्टीसँग सल्लाह नै नगरी मन्त्री भएकोबारे बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

मनाङेलाई मंगलबार गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री नियुक्त गरेका थिए । ४ मंसिर २०७९ को प्रदेशसभा चुनावमा मनाङबाट स्वतन्त्र हैसियतमा जितेका मनाङे त्यसको १५ दिनपछि १९ मंसिरमा एकीकृत समाजवादी प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस