काठमाडौं । लोकतान्त्रिक समाज पार्टी नेपालको केन्द्रिय समितिको बैठक आज पनि जारी रहने छ ।
महोत्तरीको बर्दिवासमा हिजो देखी सुरू भएको बैठक आज पनि जारी रहने भएको हो ।
राजेन्द्र महतोले पार्टी परित्याग गरेर हिडे पछि भिन्न स्थितिका बारेमा छलफल गर्नका लागि समेत लोसपाले केन्द्रिय समिति बैठक बोलाएको हो ।
बैठकमा जितेन्द्र सोनल, सर्वेन्द्रनाथ शुक्ला र रामप्रकाश चौधरीले प्रस्तुत गरेको प्रतिवेदनलाई छलफल गरेर निष्कर्ष निकालिने जनाइएको छ ।
नेताहरूले प्रस्तुत गरेको प्रतिवेदनलाई छलफल गर्न १० वटा समुह निर्माण गरिएको र उनीहरुले रायसहितको निष्कर्ष दिए पछि प्रारम्भिक चरणको बैठक समापन गरिने प्रवक्ता आभाष लाभले जानकारी दिए ।
बैठकमा ६४ जना पदाधिकारीसहित केन्द्रिय समितिका ३११ सदस्य उपस्थित रहेका छन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ चैत्र २०८०, ०८ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लोसपाले चैत ६ र ७ मा पहिलो महाधिवेशन गर्दै
लोसपाका पाण्डे मन्त्री नियुक्त
लोसपाका केन्द्रीय सदस्यहरू जसपामा प्रवेश