पत्रकार परियारको निधनप्रति प्रेस सेन्टर नेपालद्वारा दुःख व्यक्त

सफल खबर संवाददाता

मंगलबार, ०६ चैत्र २०८०, १२ : ०७
पत्रकार परियारको निधनप्रति प्रेस सेन्टर नेपालद्वारा दुःख व्यक्त

काठमाडौँ । प्रेस सेन्टर नेपालले जिल्ला समन्वय समिति रुकुमपूर्वका उपाध्यक्ष  विक्रम परियारको बस दुर्घटनामा परी भएको निधनप्रति दुःख व्यक्त गरेको छ ।

मंगलबार सेन्टरका महासचिव सन्तोष पौडेलले विज्ञप्ति जारी गर्दै दुःख व्यक्त गरेका हुन् । सोमबार रुकुमकोटबाट काठमाडौँ आउने क्रममा बागलुङको निसीखोला गाउँपालिका ६ स्थित जाउलेपानीमा बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस दुर्घटना हुँदा परियारसहित ८ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

२९ जना घाइते भएका थिए ।नेपाल राष्ट्रिय दलित पत्रकार संघको महाधिवेशनमा सहभागी हुनको लागि काठमाडौँ परियार काठमाडौँ आउँदै थिए ।

रुकुमपूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ५ रुमालबारा स्थायी घर भएका उनी पत्रकार महासंघ रुकुम पूर्वका सहसचिव समेत हुन् । उनको निधनले रुकुम पूर्वलगायत सिङ्गो पत्रकारिता क्षेत्र र जनपक्षीय पत्रकारिताको क्षेत्रमा अपूरणीय क्षति पुगेको सेन्टरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस