जरिवानामा पर्ने व्यवसायिक संस्थाको संख्या बढ्यो

सफल खबर संवाददाता

मंगलबार, ०६ चैत्र २०८०, ०७ : ५१
जरिवानामा पर्ने व्यवसायिक संस्थाको संख्या बढ्यो

काठमाडौ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुुगमनलाई बढाएसँगै जरिबानामा पर्ने  व्यावसायिक  संस्थाको  सङ्ख्या  पनि  बढेको छ ।

विभागका अनुसार चालुु आर्थिक वर्ष  २०८०-८१  को  साउनदेखि  फागुुनसम्म  तीन हजार ३०९ व्यवसायी फर्मको अनुुगमन गरिएकोमा  ८४२  वटा  व्यवसायी  फर्म  जरिबानामा परेका हुुन् । गत आवको सोही अवधिमा दुुई हजार ६३२ वटा व्यवसायी फर्मको अनुुगमन गरेर ५४९  वटा  फर्मबाट  एक  करोड  ५०  लाख  जरिबाना गरेको विभागले चालुु आवको सो अवधिमा भने ८४२ फर्मबाट तीन करोड २९ लाख जरिबाना गरेको छ ।

विभागका अनुसार चालुु आवको सो अवधिमा अनुुगमन गरिएका तीन हजार ३०९  वटा  व्यवसायी  फर्ममध्ये  ८४४  वटाको  कागजात माग गरिएको छ । गत आव सो अवधिमा अनुुगमन गरिएका दुुई हजार ६३२ व्यवसायी  फर्ममध्ये  ७७३  वटा  फर्मसँग  कागजात माग गरिएको थियो ।

यो आवको यस अवधिमा एक करोड पाँच लाख बराबरको सामान नष्ट गरिएको छ भने गत आवको सो अवधिमा भने एक करोड ५० लाख बराबरको सामान नष्ट गरेको विभागले जनाएको छ । गोरखापत्रमा खबर छ

प्रतिक्रिया दिनुहोस