काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबाट अनुशासनको कारबाहीमा परेका तीन नेताहरूले आफूहरुविरुद्ध अन्यायपूर्ण निर्णय भएको बताएका छन् ।
सहायक महामन्त्री प्रेम बलायर, काठमाडौँ क्षेत्र नम्बर ४ का क्षेत्रीय अध्यक्ष ऋद्धि प्रताप राणा र युवक संगठनका सदस्यसचिव निराजन बमले सोमबार एक सार्वजनिक अपिल जारी गर्दै आफूहरूलाई पार्टीले निलम्बन गरेको घटनाबाट आश्चर्यचकित भएको बताएका छन् ।
पार्टीका नेता ठाकुर मोहन श्रेष्ठमाथि कुटपिटमा संलग्न भएको भन्दै अनुशासन समितिको सिफारिसमा अध्यक्ष राजेन्द्र लिङ्देनले उनीहरूलाई निलम्बनको निर्णय गरेका थिए ।उनीहरुको अपिलमा २६ गते घटेको घटना प्रति आफूहरुपनि चिन्तित रहेका उल्लेख गर्दै भनिएको छ, ‘२७ गतेका दिन बैठक खानाको निमित्त रोकिएको समयमा एक नेता माथि कसले धकेलाधकेल गर्यो र हातपात गर्यो सो विषय हामीलाई जानकारी छैन।हामी बैठक चलिरहँदा सदाझैँ पार्टी अफिस पुगेका हौँ र त्यहाँ अनियन्त्रित भिडले हाम्रो नेता माथि धकेला धकेल गरिरहँदा मौन बस्न वा हेरिरहन हाम्रो नैतिकताले दिएन । तसर्थ हामी भिडलाई पन्छाउन गएका हौँ ।’ तर घटनामा आफूहरूको कुनै संलग्नता नरहेको उनीहरूको दाबी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ चैत्र २०८०, १३ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपा उपाध्यक्ष पाण्डे ८ दिन हिरासतमा रहने
राप्रपा केन्द्रीय सदस्य रञ्जन कार्की पदमुक्त
उपसभामुख पदका लागि राप्रपाकी सरस्वती लामाको उम्मेदवारी दर्ता
उपसभामुखको उम्मेदवारबारे छलफलमा राप्रपा
राप्रपाका केन्द्रीय सदस्य ऋषिबाबु परियारद्वारा पार्टी परित्याग
राप्रपा निर्देशक समितिको अध्यक्षबाट लोहनीले दिए राजीनामा