चैत १८ गतेसम्म सोनामको ‘सिजन सेल’ अफर

सफल खबर संवाददाता

आइतबार, ०४ चैत्र २०८०, १३ : ४३
चैत १८ गतेसम्म सोनामको ‘सिजन सेल’ अफर

काठमाडौं। उच्च गुणस्तरीय कपडा सामग्रीको चर्चित नेपाली ब्रान्ड सोनामले जाडो महिना सकिएसँगै 'सिजन सेल अफर' ल्याएको छ । कम्पनीका अनुसार यो अफर चैत १८ गतेसम्म रहने छ ।अफरमा ७० प्रतिशतसम्म छुटमा व्यक्तिगत तथा ट्रेकिङका सामग्री उपलब्ध छन् ।

 

सोनाम ब्रान्डमा महिला, बालबालिका र पुरुषका ज्याकेट, ट्राउजर, सर्ट, पाइन्ट, पञ्जा, जिम भेस्ट, स्वेटर, कोट, ट्रेकिङ जाँदा लगाउने पोसाक, टेन्ट, ब्याग लगायत छन् ।

काठमाडौं उपत्यकामा ठमेलको क्वाबहाल र छाया सेन्टर, कमलपोखरीको सिटी सेन्टर, बौद्धको टुसाल, चाबहिलको केएल टावर, सुनधाराको सिभिल मल, बालाजुको बीजी मलमा सोनमका शो रुम छन् ।

यस्तै, जडिबुटीको जडिबुटी चोक, कलंकीको हिमालय कम्प्लेक्स (फ्याक्ट्री आउटलेट) ललितपुरको जावलाखेल र कुमारी पाटी, चितवनको सिजी ल्यान्डमार्क, सुनसरीको धरान पुतली लाइन, पोखराको लेक साइड र न्यूरोडमा, बुटवल तथा सुर्खेतको वीरेन्द्रनगरमा पनि सोनमका शो रुम रहेका कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस