रास्वपाको मिसन भ्रष्टाचार अन्त्य गर्नु हो : श्रममन्त्री अर्याल

सफल खबर संवाददाता

आइतबार, ०४ चैत्र २०८०, १३ : ३०
रास्वपाको मिसन भ्रष्टाचार अन्त्य गर्नु हो : श्रममन्त्री अर्याल

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले रास्वपाको मिसन भ्रष्टाचार अन्त्य गर्नु रहेको बताएका छन् । आइतबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अर्यालले रास्वपाको मिसन बेथिति विरुद्धमा काम गर्ने रहेको बताएका हुन् ।

उनले भने, ‘रास्वपाको मिसन बेथिति विरुद्धमा काम गर्ने । साथै भ्रष्टाचार कसरी अन्त्य गर्न सकिन्छ भन्ने नै हो । त्यसकारण सुशासन कायम र भ्रष्टाचारको अन्त्य गर्नुपर्छ । हाम्रो यो भन्दा बढी मिसन खासै छैन । त्यति गर्ने बित्तिकै यो देश समृद्ध हुन्छ । समुन्नत हुन्छ, जनताले राहत पाउँछन्, जनताले राज्य र सरकार भएको महसुस गर्दछन् ।’

उनले जनताले राज्य र सरकार भएको महसुस गर्ने गरी काम गर्ने प्रतिबद्धता जनाए ।