काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले नीति नियमहरू आधुनिक पुस्तालाई लक्षित गरेर बनाउनुपर्ने बताएका छन् । मंगलवार पार्टीको युवा विभागले ललितपुरमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अघिल्लो पुस्ताको लागि नभई अब बन्ने नीतिहरू आधुनिक पुस्ताको लागि हुनुपर्ने बताए ।
उनले सङ्घीयता र संविधानको कार्यान्वयनका लागि आगामी पुस्तालाई हेरेर बौद्धिक नक्सा कोर्नुपर्ने बताए । राजनीतिक वृत्तमा पनि अब युवा पुस्ता अपरिहार्य भएको उल्लेख गए । रास्वपा संसदमा प्रवेश गरेसँगै सदन अहिले सुन्न, हेर्न लायक भएको पनि बताए ।
कार्यवाहक सभापति अर्यालले राजनीतिमा लाग्नुपर्छ भन्नेकुरा आफ्ना ब्रह्मले भनेपछि मात्रै रास्वपामा प्रवेश गर्न आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ साउन २०८२, १३ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सहकारी ठगीमा धनराजमाथि छानविन गर्न रास्वपा उपसभापति अर्यालको माग