काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले नयाँ मन्त्रीहरूलाई पनि व्यंग्य गरेका छन्।
उनले स्वास्थ्य मन्त्रालयमा भएका एकजना डाक्टरले भनेको भन्दै नयाँ मन्त्रीहरूबारे टिप्पणी गरेका हुन्। साथै उनले आफूले सुनेको कुरा गलत होस् पनि भनेका छन्।
‘नयाँ मन्त्रीज्यूहरूले सबै पुरानो फाइल खोल्दै हुनुहुन्छ रे, टाइम कम छ, हिसाबकिताब गरेर गोजी भरेर निस्किनु पर्ने छ रे, सरकार जति दिन टिक्छ’, मेयर बालेनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘स्वास्थ्य मन्त्रालयमा भएको एउटा भाइ डाक्टरसा’बको कुरा! मैले सुनेको कुरा गलत होस्। म आशावादी छु सरकारप्रति।’
मेयर बालेनले स्वास्थ्यमन्त्रीलाई नै व्यंग्य गर्न खोजेका हुन् भनेचाहिँ अहिले स्वास्थ्यमन्त्री जसपा अध्यक्ष उपेन्द्र यादव छन्।
सबै नयाँ मन्त्रीविरुद्ध नै उनको कटाक्ष हो भने यही फागुन २१ गते एमाले–रास्वपासहितको नयाँ गठबन्धन बनेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ चैत्र २०८०, ०७ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेनको सचिवालयका तीनै सहयोगी रास्वपा केन्द्रीय समितिमा निर्वाचित
रास्वपा सभापतिमा रवि निर्विरोध चुनिएपछि मध्यराति बालेनले लेखे: ‘शुभकामना हाम्रो पार्टीलाई’
'देश बनाउने टोली' भन्दै बालेनले गरे गृहमन्त्री र पूर्वाधारमन्त्रीसँगको तस्वीर सार्वजनिक
फेसबुकमा सचिवमाथि मजाक गर्दै प्रधानमन्त्रीले भने, ‘मलाई पनि एम्बासडर बन्न मन छ’
बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने
बालेन शाहविरुद्ध १२ वर्ष पुरानो ‘र्याप ब्याटल’लाई लिएर उजुरी