उनले अहिले एकीकृत समाजवादी एमालेमा मिल्ने भनेर भएको हल्ला सत्यता नभएको जिकिर गरेका छन् ।
उनले थपे, ‘हाम्रो पार्टी कुनै पार्टीसँग मिल्न गइरहेको छैन । हाम्रो पार्टीको आफ्नै विचार र धारणा छन् । नेपालको राजनीतिमा हाम्रो छुट्टै पहिचान, अस्तित्व र भूमिका छन् त्यसलाई अरूले बुझ्दैछन् । अब हामी सबै वामपन्थी लोकतान्त्रिक शक्तिहरूलाई समेटेर अघि बढ्न चाहन्छौँ । यो साझा उद्देश्यका लागि एउटै गठबन्धनमा बसेर होस् वा अलगअलग मोर्चामा बसेको अवस्था होस् उद्देश्यलाई बिर्सन हुँदैन ।’
उनले देश फेरि निर्वाचनमा नजाओस् भन्ने चाहेर नयाँ समीकरणमा सहभागी भएको बताए । प्रचण्डसँग ४० र ओलीसँग ५० वर्षको सम्बन्ध रहेको बताउँदै पुराना कुरा बिर्सेर नयाँ ठाउँमा जाने तयार भएको बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ चैत्र २०८०, १८ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेसँग एकता सम्भव छैन: माधव नेपाल
देशभित्रै रोजगारी नपाएर मानिसहरू विदेशतिर भौँतारिनुपर्ने स्थिति बनिरहेको छ : माधव नेपाल
सरकारप्रति जनताको आशा तुहिसक्यो: माधव नेपाल
सरकारका प्रारम्भिक गतिविधिप्रति माधव नेपालको असन्तुष्टि
विभाजनको प्रवृत्तिबाट माथि उठेर कम्युनिस्ट आन्दोलन सुदृढ बनाउन माधव नेपालको आग्रह
माधव नेपालको लज्जास्पद हार