गठबन्धन कार्यदलको बैठक बालुवाटारमा

सफल खबर संवाददाता

शनिबार, ०३ चैत्र २०८०, ०८ : २९
गठबन्धन कार्यदलको बैठक बालुवाटारमा

काठमाडौँ । सत्ता गठबन्धनको साझा न्यूनतम कार्यक्रम निर्माणका लागि गठन गरिएको कार्यदलको बैठक आज बिहान बस्ने भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ९ः३० बजे कार्यदलको बैठक बस्न लागेको हो । 

कार्यदलले हिजो नै साझा न्यूनतम नीति तथा कार्यक्रमलाई अन्तिम रूप दिएको छ । गठबन्धनका शीर्ष नेताहरूसमक्ष छलफलका लागि प्रस्तुत गर्नु अघि कार्यदलका सदस्यहरू छलफलमा जुट्न लागेका हुन् । 

कार्यदलले मस्यौदा बुझाएसँगै शीर्ष तहमा नेताहरूले आन्तरिक छलफल गरी सरकारले मन्त्रिपरिषद्बाट पास गरेपछि साझा न्यूनतम कार्यक्रम कार्यान्वयनमा जाने छ । 

प्रतिक्रिया दिनुहोस