एजेन्सी । भारतको निर्वाचन आयोगले आज (शनिबार) लोकसभा निर्वाचन-२०२४ को मिति घोषणा गर्दै छ । आयोगले केही राज्यको विधानसभा निर्वाचनको मिति पनि घोषणा गर्न लागेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
शनिबार दिउँसो ३ बजे पत्रकार सम्मेलन गरी निर्वाचन मिति घोषणा गर्ने तयारी रहेको समाचारमा उल्लेख छ ।
सन् २०१९ को लोकसभा निर्वाचन अप्रिल ११ देखि मे १९ सम्म सात चरणमा भएको थियो । आयोगले सुरक्षा स्थितिबारे समीक्षा गरेर जम्मु र कास्मिरमा लोकसभा र विधानसभाको निर्वाचन एकसाथ वा बेग्लाबेग्लै गर्ने निर्णय गर्ने प्रमुख निर्वाचन आयुक्त राजीव कुमारले बताए ।
भारतको निर्वाचन आयोगले एकैपटक विधानसभा र लोकसभाको चुनाव गराउने विचार गरेसँगै जम्मु र कास्मिरको निर्वाचनको लामो प्रतीक्षा अन्त्य भएको देखिन्छ ।
राजनीतिक दलहरूले आम निर्वाचनका लागि आफ्ना उम्मेदवारहरू घोषणा सुरु गरिसकेका छन् । भारतीय जनता पार्टी (बीजेपी) ले अहिलेसम्म उम्मेदवारको दुई वटा सूची सार्वजनिक गरेको छ भने कांग्रेसले पनि आफ्ना उम्मेदवारको दुईवटा सूची सार्वजनिक गरिसकेको छ ।
यसैबीच निर्वाचन आयोगले मार्च १४ मा एसबीआई (स्टेट बैंक अफ इन्डिया) बाट प्राप्त गरेअनुसार आफ्नो वेबसाइटमा चुनावी बन्डहरूको डाटा अपलोड गरेको थियो । डाटाअनुसार फ्युचर गेमिङ एण्ड होटल सर्भिस र मेघा इन्जिनियरिङ एण्ड इन्फ्रास्ट्रक्चर लिमिटेड राजनीतिक दलहरूका लागि शीर्ष दातामध्येका एक थिए ।
आर्थिक ऐन, २०१७ र आर्थिक ऐन, २०१६ मार्फत विभिन्न ऐनमा गरिएका संशोधनहरूले राजनीतिक दलहरूको असीमित र अनियन्त्रित कोषका ढोका खोलिदिएको भन्दै भन्दै सर्वोच्च अदालतमा विभिन्न मुद्दा दायर गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ०३ चैत्र २०८०, ०७ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना
निर्वाचन गराउन आयोग सबै हिसाबले तयार छः प्रमुख आयुक्त भण्डारी
निर्वाचनका लागि मतदान केन्द्र निर्धारण र म्यादी प्रहरी भर्नाको तयारी
निर्वाचन प्रयोजनका लागि आज दल दर्ताको अन्तिम दिन
निर्वाचन प्रयोजनका लागि ६८ दल दर्ता, आयोगमा दर्ता कायम दलको संख्या १३२ पुग्यो
उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठक बस्दै