काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफूहरू देशका सबै कम्युनिष्टहरु मिलाउने पक्षमा रहेको बताएका छन्। पार्टीनिकट महिला भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्दै उनले आफूलाई कुन पद ओगटेर बस्ने इच्छा नभएको बताए।
उनले भने, ‘एमालेमा गएका मुकुन्द न्यौपाने र केदार न्यौपानेको बेहाल छ। अहिले मलाई सबै कुरा विचार नगरी नफस्नुहोला भन्छन्। हामी देशका सबै कम्युनिष्टहरुलाई मिलाउने भए तयार छौँ। सबै कम्युनिष्टलाई गोलबद्ध गराउने भए तयार छौँ। देश बनाउनु छ हामीलाई। कुनै पद ओगटेर बस्नु पनि छैन। हामीलाई प्रधानमन्त्री चाहिएको पनि होइन। पार्टी अध्यक्ष पनि चाहिएको छैन।’
उनले देशको परिवर्तनमा इमानदार नेता कार्यकर्ता चाहिएको जिकिर गरे। उनले भने, ‘अहिले हामी नयाँ चरणमा छलफलमा छौँ। सरकारको विषयमा प्रदेशदेखि राजनीतिक नियुक्तिको विषयमा पनि छलफल हुँदैछ। अरू कुराहरू पनि छलफल हुँदैन। हामीसँग कुन ढंगको व्यवहार हुन्छ त्यसमा भर पर्छ हामी अहिलेसम्म छलफलमा बसिसकेका छैनौँ। छलफल गर्दै जानेछौँ ।’
उनले पार्टीका नेता कार्यकर्तालाई इमानदार भएर पार्टीको संगठन निर्माणमा लाग्न निर्देशन दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ चैत्र २०८०, १४ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टी बनाउने आँट छ, मुद्दाकै कारण बिदा गरे स्वीकार्छु: माधव नेपाल
एमालेमा अन्तरसंघर्ष चर्किएको छ, भविष्य के हुन्छ यसै भन्न सकिँदैन: माधव नेपाल
विचार मिल्नेसँग एकता गरेर जान्छौं: माधव नेपाल
माधव नेपालमाथि राजनीतिक प्रतिशोध साँधेको सचिवालय बैठकको निष्कर्ष
'कठघरा' मा एकजना पूर्वप्रधानमन्त्रीको दिनभरको बैचनी
३५ लाख धरौटी बुझाएर छुटे पूर्वप्रधानमन्त्री माधव नेपाल