विमानस्थल भन्सारका तत्कालीन प्रमुख प्रशासकसहित तिन जनालाई विभागीय कारबाही गर्न सिफारिस

सफल खबर संवाददाता

शुक्रबार, ०२ चैत्र २०८०, १२ : ३७
विमानस्थल भन्सारका तत्कालीन प्रमुख प्रशासकसहित तिन जनालाई विभागीय कारबाही गर्न सिफारिस

काठमाडौं। सुन तस्करीबारे छानबिन गर्न गठित उच्चस्तरीय आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार प्रशासकसहित ३ जनालाई विभागीय कारबाही गर्न सिफारिस गरिएको छ ।

गृह मन्त्रालय स्रोतका अनुसार आयोगले तत्कालीन भन्सार प्रशासक अरुण पौडेल, उपसचिव श्रीधर टण्डन र मुक्ति श्रेष्ठलाई कारबाही गर्न सिफारिस गरेको हो।उपसचिव श्रीधर टण्डन हाल त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा प्रमुख भन्सार अधिकृत पदमा कार्यरत छन् । मुक्ति श्रेष्ठ भन्सार विभागमा निर्देशक हुन् ।

गत असोज १५ गते सरकारले उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको संयोजकत्वमा जाँचबुझ आयोग गठन गरेको थियो ।आयोगमा सहकुल थापा, किशोरजंग कार्की र प्रेमराज जोशी सदस्य थिए ।आयोगले बिहीवार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो ।

प्रतिक्रिया दिनुहोस