देश समृद्ध बनाउन नयाँ तरिकाबाट सोच्नुपर्छ: चन्द्र भण्डारी

सफल खबर संवाददाता

विहीबार, ०१ चैत्र २०८०, १६ : ५२
देश समृद्ध बनाउन नयाँ तरिकाबाट सोच्नुपर्छ: चन्द्र भण्डारी

काठमाडौँ । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले देश समृद्ध बनाउन नयाँ तरिकाबाट सोच्नुपर्ने आवश्यकता औँल्याएका छन् । बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले बहुदल ल्याएको ३४ वर्षसम्म पनि कुनै नेताले मुलुकको विकासका लागि नसोचेको बताए ।

उनले वादेवादे जायते तत्वबोध भन्ने कुरामा विश्वास गरेको पार्टी कांग्रेसले संसद् बन्द गर्नु नहुने बताए । उनले अहिलेको नेतृत्व, कर्मचारीतन्त्र र संवैधानिक व्यक्तिमा नयाँपन ल्याउन नसकेसम्म देश समृद्ध हुन नसक्ने बताए । 

प्रतिक्रिया दिनुहोस