एजेन्सी । अमेरिकी तल्लो संसद् हाउस अफ रिप्रेजेन्टेटिभ्सले टिकटकलाई प्रतिबन्ध लगाउने एउटा ऐतिहासिक विधेयक पारित गरेको छ ।
विधेयकमा टिकटकको चिनियाँ मुल कम्पनी बाइटडान्सले ६ महिनाभित्र बहुमत शेयर अमेरिकी कम्पनीलाई दिनुपर्नेछ, नत्र अमेरिकाभर सधैँका लागि बन्द हुने उल्लेख छ ।
तल्लो सदनबाट दुई तिहाइ बहुमतले यो विधेयक पारित भए पनि यसलाई माथिल्लो सदन सिनेटले पारित गरेर राष्ट्रपतिले हस्ताक्षर गरेपछि लागू हुनेछ । तर पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटक प्रतिबन्ध लगाउने विषयमा बोली फेरेपछि सिनेटबाट यो पारित हुने/नहुनेमा शङ्का छ ।
यसअघि ट्रम्प नै राष्ट्रपति हुँदा अमेरिकामा टिकटक प्रतिबन्धमा परेको थियो, तर अदालतको आदेशका कारण यो निर्णय पूर्ण कार्यान्वयन हुन पाएको थिएन ।
तर, अहिले भने ट्रम्पले आफ्नै निर्णय विपरीत टिकटक प्रतिबन्धको विरोध गरेका छन् ।
टिकटकले राष्ट्रिय सुरक्षा नै खतरामा पार्न सक्ने अमेरिकी सुरक्षा निकायको ठहर छ । तर टिकटकले भने अमेरिकी प्रयोगकर्ताको कुनै पनि डेटा चीन सरकारको पहुँच भन्दा टाढा रहेको भन्दै आरोपको खण्डन गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०१ चैत्र २०८०, ०७ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टिकटक लाइभमा गालीगलौज गर्ने युवती पक्राउ
टिकटक अकाउन्टको निहुँमा पाकिस्तानी बुबाले छोरीको हत्या गरे : प्रहरी
कलाकारका लागि टिकटकको नयाँ प्लेटफर्म
अमेरिकामा टिकटकको म्याद ७५ दिन थप, प्रतिबन्धबाट बच्न बेच्न आवश्यक
ट्रम्पको आश्वासनपछि अमेरिकामा टिकटक पुनः सञ्चालनमा
अमेरिकामा टिकटक बन्द, खरिद गर्न नपाएपछि लगाइयो प्रतिवन्ध