जोखिम लिएरै नयाँ समीकरण बनाएको हुँ, यो अनुभवसहितको छ : प्रधानमन्त्री प्रचण्ड

सफल खबर संवाददाता

बुधबार, ३० फागुन २०८०, १५ : २६
जोखिम लिएरै नयाँ समीकरण बनाएको हुँ, यो अनुभवसहितको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं।  प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफूले सबै किसिमको जोखिम उठाएर समीकरण बदलेको बताएका छन् ।प्रतिनिधि सभाको बैठकमा तेस्रोपटक विश्वासको मत लिँदा उठेका प्रश्नको जवाफ दिँदै प्रचण्डले जोखिम मोलेरै यो कदम उठाएको बताएका हुन् ।

‘विचार नगरी यो निर्णय गरिएको होइन । धेरै किसिमको जोखिम छ भन्ने थाहा पाएर लिएको कदम हो । ४८ घण्टामा फाल्ने हो भनेर लागेको पनि भोगेँ । यी सबैको लागि तयार भएरै यो कदम चालेको हो’, प्रचण्डले भने, ‘गर्दा गर्दै छोड्नुपर्यो भने इतिहासले मूल्यांकन गर्ला भनेर पहिले पनि जोखिम उठाएको हो ।

राष्ट्र, न्याय र समृद्धिको पक्षमा जति दिन मिल्छ काम गर्ने हो । नयाँ ढंगले नेपाली जनताले देख्ने गरी काम गर्छौ ।’

जतिपटक प्रधानमन्त्री भने यसको जग केपी ओली नै भएको उनले बताए । ‘पहिले प्रधानमन्त्री केपीजीहरूले बनाएर प्रधानमन्त्री भएको हो ।

म त्यही प्रधानमन्त्री हो । जतिपटक विश्वासको मत लिए पनि’, प्रचण्डले भने, ‘पछि त्यो निषेध भए र कांग्रेससँग अगाडि बढें । त्यो पनि निषेध भएर उच्च तहको एकता भएको छ । यो अनुभवसहितको हो ।’

 

प्रतिक्रिया दिनुहोस