चितवन । चितवन राष्ट्रिय निकुञ्जका ३३ वन्यजन्तु चितवनको राजमार्गमा ठहरै भएका छन् । सवारी साधनको ठक्करबाट २०७४ असारदेखि हालसम्म ३३ वन्यजन्तु ठहरै भएका छन् ।
चितवन राष्ट्रिय निकुञ्जले भरतपुरमा गरेको अन्तक्र्रिया कार्यक्रममा यस्तो तथ्यांक दिइएको हो । टिकौलीको सडकमा यही आर्थिक वर्षमा ३ वटा वन्यजन्तु ठहरै भएका हुन् ।
आर्थिक वर्ष २०७४÷७५ मा सवारी साधनको ठक्करबाट चितवनको राजमार्गमा ३० वटा वन्यजन्तु ठहरै भएका हुन् । निकुञ्जतर्फ आठ वटा वन्यजन्तु र सामुदायिक वनतर्फ २२ वटा वन्यजन्तु सवारी ठक्करबाट मरेका थिए । निकुञ्जका प्रमुख देवकुमार ढकालले वन्यजन्तु मर्नेक्रममा रोक्ने उपायबारे सुझाव संकलन गरेका थिए ।
रत्ननगर नगरपालिकाका मेयर नारायण वनको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रदेश ३ का सांसद कृष्ण भुर्तेल थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुशीलसिंह राठौर, भरतपुर महानगरका प्रशासकीय अधिकृत नेत्र सुवेदीलगायतले मन्तव्य दिएका थिए ।
प्रतिक्रिया दिनुहोस