गुलसन झाले लिए पीएनजीको चौथो विकेट

सफल खबर संवाददाता

बुधबार, ३० फागुन २०८०, १२ : ३४
गुलसन झाले लिए पीएनजीको चौथो विकेट

काठमाडौँ । हङकङमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको फाइनलमा बुधबार नेपालले पपुवा न्यु गिनी (पीएनजी) को चैथो विकेट लिएको छ । पीएनजीको चौथो विकेट गुलसन झाले लिएका हुन् ।

गुलसनले पीएनजीका प्रभावशाली ब्याट्सम्यान हिरी हिरीलाई लोकेश बमद्वारा क्याच गराएका हुन् । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका हिरी हिरीले पेभेलियन फर्किनुअघि नौ बलको सामना गरी एक छक्का र दुई चौकाको मद्दतले १५ रन बनाएका थिए । ५.२ ओभरमा हिरी हिरी आउट हुँदा पीएनजीले ४३ रन बनाएको छ । नेपालले टस जिती पीएनजीलाई पहिले ब्याटिङको निम्तो दिएको हो ।
 

प्रतिक्रिया दिनुहोस