काठमाडौं । नेपाली सुनचाँदी बजारमा सुनको मूल्य प्रतितोलामा १ हजार रुपैयाँले घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख२५ हजार तोकिएको छ । मंगलबार प्रतितोला एक लाख २६ हजारमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला १ हजारले घटेर प्रतितोला १ लाख २५ हजारमा पुगेको हो । आइतबार सुनको मूल्यले नयाँ रेकर्ड राखेको थियो । सुनको मूल्य हालसम्मकै उच्च रहेर दुई दिनसम्म स्थिर थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २४ हजार ४ सय कायम भएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला एक लाख २५ हजार ४ सय थियो ।
त्यस्तै आज चाँदीको मूल्य मंगलबारको दिनको कारोबार मूल्यका तुलनामा प्रतितोला२० ले घटेर एक हजार चार सय ६५ तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० फागुन २०८०, ११ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
सुनको भाउ ४७ सयले वृद्धि, कति पुग्यो तोलाको ?
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
सुनचाँदीको मूल्य घट्यो, कति पुग्यो तोलाको ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?