काठमाडौं । नेपाली सुनचाँदी बजारमा सुनको मूल्य प्रतितोलामा १ हजार रुपैयाँले घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख२५ हजार तोकिएको छ । मंगलबार प्रतितोला एक लाख २६ हजारमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला १ हजारले घटेर प्रतितोला १ लाख २५ हजारमा पुगेको हो । आइतबार सुनको मूल्यले नयाँ रेकर्ड राखेको थियो । सुनको मूल्य हालसम्मकै उच्च रहेर दुई दिनसम्म स्थिर थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २४ हजार ४ सय कायम भएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला एक लाख २५ हजार ४ सय थियो ।
त्यस्तै आज चाँदीको मूल्य मंगलबारको दिनको कारोबार मूल्यका तुलनामा प्रतितोला२० ले घटेर एक हजार चार सय ६५ तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० फागुन २०८०, ११ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य बढ्यो,चाँदी स्थिर
सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य ह्वात्तै घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
आज कति छ सुनचाँदीको मूल्य ?
सुनको मूल्य तोलामा १४०० रुपैयाँ घट्यो, कतिमा हुदैछ आजको कारोबार ?