एनआई सी एशिया बैंकले ल्यायो अतुलनीय विशेषताहरुसहित दुई नयाँ चमत्कारी कर्जा योजना

सफल खबर संवाददाता

शुक्रबार, २९ भदौ २०७५, १८ : ४२
एनआई सी एशिया बैंकले ल्यायो अतुलनीय विशेषताहरुसहित दुई नयाँ चमत्कारी कर्जा योजना

काठमाडौँ । एनआई सी एशिया बैंकले चमत्कारिक विशेषताहरु भएका दुई नयाँ कर्जा योजनाहरु “चमत्कारिक सवारी कर्जा र चमत्कारिक घर जग्गा कर्जा” सार्वजनिक गरेको छ । यस कर्जा योजनाहरु ग्राहक महानुभावहरुको आवश्यकता र सन्तुष्टीलाई ध्यानमा राख्दै सवैको लागी अझबढी सहज, सवल, गतिशिल, विश्वसनिय र उत्तरदायि बैंक बन्ने  उद्देश्यका साथ सञ्चालनमा ल्याइएको बैँकले जनाएको छ । 

चमत्कारिक सवारी कर्जा
“एनआई सी एशियाको साँच्चै चमत्कार, अब गर्नुहोस् आफ्नो सपना साकार” भन्ने नाराका साथ चमत्कारिक सवारी कर्जा सार्वजनिक गरेको छ । यस योजनाबाट नयाँ गाडी लिनवा पुरानो सवारी साधन साट्न चाहने सम्पूर्ण ग्राहक महानुभावहरुले समेत चमत्कारिक लाभ उठाउन सक्नेछन । 

चमत्कारिक सवारी कर्जाका आर्कषक विशेषताहरु :
१. तुरुन्तै कर्जा स्वीकृति हुने 
२. अधिकतम १५ बर्षसम्मको कर्जा भुक्तानीअवधि
३. अति न्यून मासिक किस्ता रकम (सवारीको मुल्य अनुसार मासिक रु ११,००० बाट नै किस्ता रकम सुरु हुने )
४. आंशिक अथवा पूर्ण रुपमा बिना कुनै शुल्क पूर्व भुक्तानी गरी आफ्नो इच्छा अनुसार मासिक किस्ता र भुक्तानी अवधि परिवर्तन गर्न सकिने
५. मासिक ब्याजदर ०.९% मात्र
६. प्रशासनिक सेवाशुल्कमाविशेष छुट
७. घर जग्गा र सवारी दुवै कर्जा लिने ग्राहकहरुलाई विशेष छुटको ब्यवस्था

चमत्कारिक घर जग्गाकर्जा
“एनआई सी एशियाको साँच्चै चमत्कार, अब गर्नुहोस् आफ्नो सपना साकार” भन्ने नाराकासाथ एनआई सी एशिया बैंकले चमत्कारिक घर जग्गाकर्जा सार्वजनिक गरेको छ । 

चमत्कारिक घर जग्गा कर्जाका आकर्षक विशेषताहरु :
१. आफ्नो आम्दानी अनुसार आफै मासीक किस्ता निर्धारण गर्न सकिने
२. अधिकतम ५० वर्षसम्मको कर्जा भुक्तानी अवधि
३. आंशिक अथवा पूर्ण रुपमा विना कुनै शुल्कपूर्व भुक्तानी गरी आफ्नो इच्छा अनुसार मासिक किस्ता र भुक्तानी अवधि कायम गर्न सकिने ।
४. कर्जा रकम घटाई नयाँ किस्ता र भुक्तानी अवधि कायम गर्न सकिने । 
५ .मासिक ब्याजदर ०.९% मात्र
६. प्रशासनिक सेवा शुल्कमा विशेष छुट
७. आधार दरमा भएको परिवर्तन अनुसार मात्र ब्याजदर परिमार्जन हुने 
 

 

प्रतिक्रिया दिनुहोस