एजेन्सी । उत्तरी चीनको हेबेई प्रान्तको लाङफाङमा बुधबार बिहान विस्फोट भएको छ । यस घटनाको भिडियो चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सले सामाजिक सञ्जालमा शेयर गरेको छ ।
भिडियोमा धुवाँको ठुलो मुस्लो देखिएको छ, धेरै सवारी साधनमा क्षति पुगेको र मलबे सडकमा फैलिएको देखिन्छ । ग्लोबल टाइम्सका अनुसार यो विस्फोट एक रेस्टुरेन्टमा भएको हो । यो रेस्टुरेन्ट एक आवासीय भवनको भुईं तल्लामा थियो।
घटनामा १ जनाको मृत्यु भएको र कम्तीमा २२ जना घाइते भएको ग्लोबल टाइम्सले जानकारी दिएको छ । विस्फोटमा घाइते भएकाहरुलाई अस्पताल पठाइएको छ ।
ग्यास सिलिन्डर पड्किएर विष्फोट भएको अनुमान गरिएको छ । चीनको सरकारी न्यूज च्यानलले पनि यस दुर्घटनाको भिडियो सार्वजनिक गरेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ३० फागुन २०८०, १० : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाजुरामा विस्फोट हुँदा एक महिलाको मृत्यु
पाकिस्तानको लाहोरमा लगातार तीनवटा विस्फोट
इजरायलको तेल अभिभमा तीन वटा बसमा विस्फोट
ताइवानको डिपार्टमेन्टल स्टोरमा विस्फोट : एक जनाको मृत्यु, १० जना घाइते
अफगानिस्तानमा आत्मघाती बम विस्फोट, पाँच जनाको मृत्यु
पाकिस्तानको कराँची विमानस्थलनजिकै विस्फोट, दुई चिनियाँ नागरिकको मृत्यु