सुर्खेत । वीरेन्द्रनगरमा मोटरसाइकल चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा दैलेखको नौमुले गाउँपालिका–८, का नचिन चन्द र सप्तरीको कन्चनपुर नगरपालिका–४, का देवा सारदार रहेका छन् ।
उनीहरूले वीरेन्द्रनगर नगरपालिका–३, का सूर्यबहादुर बस्नेतको घरमा पार्किङ गरी राखेको मोटरसाइकल चोरी गरेका थिए ।आइतबार राती चोरी गरेका उनीहरूलाई वीरेन्द्रनगर नगरपालिका–३ को तातापानीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
देवा सरदारले मोटरसाइकल चलाई लगिरहेको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता लक्ष्मण शाहीले बताए । ऊनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ फागुन २०८०, १५ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्यटकलाई दुःख दिने १२ जना पक्राउ
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ