सिन्धुपाल्चोक। सिन्धुपाल्चोकबाट १ किलो सुनसहित १ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा भोटेकोशी गाउँपालिका ५ मार्मिङ बस्ने २३ वर्षीय थारचेन तेम्बा तामाङ छन् ।
उनलाई बाह्रबिसे नगरपालिका ३ खुर्सानी बारीबाट करिब १ किलो सुनजस्तो देखिने वस्तुसहित सोमवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट खटिएको प्रहरीले भे ११ प ५५५८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उनले पेटमा बाँधेर ल्याएको सुन बरामद भएको थियो ।थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ फागुन २०८०, १३ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फरार दुई प्रतिवादी पक्राउ
एमालेका नेता कोइरी पक्राउ
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ
कैलालीमा ३ किलो चरेससहित ३ जना पक्राउ