एक्स्ट्राटेक लिजेन्ड कप: लिजेन्ड्स ९६ लाई पराजित गर्दै २०१४ विश्वकप लिजेन्ड्स फाइनलमा

सफल खबर संवाददाता

सोमबार, २८ फागुन २०८०, १४ : ५३
एक्स्ट्राटेक लिजेन्ड कप: लिजेन्ड्स ९६ लाई पराजित गर्दै २०१४ विश्वकप लिजेन्ड्स फाइनलमा

तिलोत्तमा । २०१४ विश्वकप लिजेन्ड्सले लिजेन्ड्स ९६ लाई पराजित गरेको छ । रुपन्देहीको तिलोत्तमामा निर्माण गरिएको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा सम्पन्न 'एक्स्ट्राटेक लिजेन्ड कप' को पहिलो खेलमा २०१४ विश्वकप लिजेन्ड्सले लिजेन्ड्स ९६ लाइ ५ विकेटले पराजित गरेको हो ।

लिजेंड्स ९६ ले दिएको ६८ रनको लक्ष्य पछाएको २०१४ विश्वकप लिजेण्डसले ९.४ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । २०१४ विश्वकप लिजेण्डसका लागि विरेन्द्र शाहले ३५, दिपेन्द्र लामगाडेले ८ र शरद भेस्वाकर र पारस खड्काले ६-६ रन बनाएका थिए ।  त्यस्तै लिजेन्ड्स ९६ का बलर बसन्त शाही ठकुरीले ३ विकेट लिएका थिए भने लेख बहादुर क्षेत्री र किरण रानाले एक एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको लिजेन्ड्स ९६ ले १० ओभरमा ८ विकेट गुमाउदै ६७ रन बनाएको थियो । लिजेन्ड्स ९६ का लागि राजु खड्काले सर्बाधिक २७ रन बनाए भने मनिषराज पाण्डेले ११ र जगत टमाटाले ९ रन बनाएका थिए । त्यस्तै  विश्वकप २०१४ टिमका लागि शक्ति गौचन र सामसंग जंग थापाले २-२ विकेट लिए भने  बद्रि पंगेनी, जितेन्द्र मुखिया, दिपेन लामगाडे र ममता थापाले एक एक विकेट लिए ।

यो जितपछि २०१४ विश्वकप लिजेन्ड्स टिम फाइनलमा पुगेको छ । फाइनलमा २०१४ विश्वकप लिजेन्ड्सले दोस्रो खेलको रेस्ट अफ नेपाल र रुपन्देही लिजेन्ड्सबीचको विजेतासँग खेल्ने छ । 

दोस्रो खेल पहिलो अन्तर्राष्ट्रिय टोली र विश्वकप नखेलेका खेलाडी रहेको रेस्ट अफ नेपाल र रुपन्देही लिजेन्ड्सबीच हुने छ । रेस्ट अफ नेपालको कप्तानी विनोद दासले गरिरहेका छन् भने रुपन्देही लिजेण्डसको कप्तानी हरि थापाले गरिरहेका छन् ।  
  

प्रतिक्रिया दिनुहोस