प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता

सफल खबर संवाददाता

सोमबार, २८ फागुन २०८०, १२ : २१
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बिहान प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो ।

भेटमा राष्ट्रिय सभा अध्यक्ष निर्वाचन, विश्वासको मत, सरकारका साझा न्युनतम कार्यक्रम लगायतका विषयमा छलफल भएको बुझिएको छ । राष्ट्रिय सभा अध्यक्षको निर्वाचन मंगलबार हुदैछ भने समिकरण फेरिएपछि प्रधानमन्त्रीले बुधबार संसदबाट विश्वासको मत लिदैछन् ।

त्यसैगरी सत्ता गठबन्धनले गठन गरेको राजनीतिक संयन्त्रको सुझावका आधारमा सरकारका साझा न्युनतम कार्यक्रम तय गर्ने तयारी छ । त्यसका लागि सरकारमा सहभागी पाँच दलका दुईदुई जना नेता सम्मिलित कार्यदल गठन भैसकेको छ ।

प्रतिक्रिया दिनुहोस