निर्मला हत्या छानविन समितिका सदस्य केसीले राजीनामा दिएका होइनन् : गृहमन्त्री थापा

शुक्रबार, २९ भदौ २०७५, १३ : ५१
निर्मला हत्या छानविन समितिका सदस्य केसीले राजीनामा दिएका होइनन् : गृहमन्त्री थापा

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले निर्मला पन्तको बलात्कारपछि भएको हत्याका सम्बन्धमा गृहमन्त्रालयबाट गठित ५ सदस्यीय उच्चस्तरीय छानविन समितिका सदस्य विरेन्द्र बहादुर केसीले असुरक्षाको कारण देखाउँदै समितिबाट राजीनामा दिने बताएपनि औपचाकिर राजीनामा नदिएको बताएका छन् । 

शुक्रबार संघीय संसदमा निर्मला पन्त प्रकरणबारे जानकारी गराउदै गृहमन्त्री थापाले समिति सदस्य केसीले असुरक्षाका कारण राजिनामा दिएको सञ्चारमाध्यमलाई बताएपनि औपचारिक राजीनामा दिइनसकेको बताएका हुन् । 

समितिमा रहेर निर्मलालाई न्याय दिन नसक्ने र शक्तिशाली अपराधीबाट आफ्नो हत्या हुन सक्ने भन्दै सदस्य केसीले समितिबाट राजीनामा दिएका थिए । तर, गृहमन्त्रीसँग भएको छलफलमा सुरक्षाको प्रत्याभूति भएपछि अहिले केसी फेरि समितिमै फर्किएर काम गरिरहेका छन् ।
मन्त्री थापाले निर्मला पन्त प्रकरणका अपराधीहरुलाई सरकारले जसरी पनि कानुनको कठघरामा ल्याएरै छाड्ने स्पष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस