काठमाडौ । राष्ट्रियसभा अध्यक्ष निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ।
उम्मेदवारी दर्ताको समय बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म तोकिएको संघीय संसद् सचिवालयले जनाएको छ। दर्ता प्रक्रिया सकिनासाथ आजै दिउँसो साढे १ बजे उमेदवारको नामावली प्रकाशित हुने कार्यतालिका छ।
संसद् सचिवालयले मंगलरबार अध्यक्षको निर्वाचन हुने कार्यतालिका सार्वजनिक गरेको थियो।
नयाँ सत्ता गठबन्धनमा माओवादी केन्द्रले राष्ट्रियसभाको अध्यक्ष र एमालेले उपाध्यक्ष पाउने समझदारी भएको छ। माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
नेपाली कांग्रेसले भने युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
नयाँ गठबन्धनमा तलमाथि नभए दाहाल राष्ट्रियसभा अध्यक्ष बन्ने निश्चित छ। माओवादी, एमाले, एकीकृत समाजवादी र जसपासँग राष्ट्रिय सभामा ३९ सांसद छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ फागुन २०८०, ०७ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रियसभामा आज सात मन्त्रालयसहित विभिन्न निकायको विनियोजन शीर्षकमाथि छलफल
राष्ट्रियसभा बैठक बस्दै, परराष्ट्रमन्त्री र पर्यटनमन्त्रीले जवाफ दिने
राष्ट्रियसभा बैठक बस्दै
प्रधानमन्त्रीविरुद्ध राष्ट्रियसभामा नाराबाजी, बैठक स्थगित
राष्ट्रियसभा बैठक बस्दै
राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’