काठमाडौ । राष्ट्रियसभा अध्यक्ष निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ।
उम्मेदवारी दर्ताको समय बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म तोकिएको संघीय संसद् सचिवालयले जनाएको छ। दर्ता प्रक्रिया सकिनासाथ आजै दिउँसो साढे १ बजे उमेदवारको नामावली प्रकाशित हुने कार्यतालिका छ।
संसद् सचिवालयले मंगलरबार अध्यक्षको निर्वाचन हुने कार्यतालिका सार्वजनिक गरेको थियो।
नयाँ सत्ता गठबन्धनमा माओवादी केन्द्रले राष्ट्रियसभाको अध्यक्ष र एमालेले उपाध्यक्ष पाउने समझदारी भएको छ। माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
नेपाली कांग्रेसले भने युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
नयाँ गठबन्धनमा तलमाथि नभए दाहाल राष्ट्रियसभा अध्यक्ष बन्ने निश्चित छ। माओवादी, एमाले, एकीकृत समाजवादी र जसपासँग राष्ट्रिय सभामा ३९ सांसद छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ फागुन २०८०, ०७ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विविधताभित्रको एकता नै हामी नेपाली हुनुको पहिचान हो : राष्ट्रियसभा अध्यक्ष
राष्ट्रियसभा बैठक बस्दै, पर्यटन विधेयक प्रस्तुत गरिने
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रियसभाबाट चार प्रतिस्थापन विधेयक बहुमतले पारित
राष्ट्रियसभा बैठक बस्दै : के-के छन् कार्यसूची ?
राष्ट्रियसभामा मन्त्रीहरूसँग प्रश्नोत्तर हुने