बंगलादेश जित्यो साफ यु-१६ च्याम्पियनसिपको उपाधि

सफल खबर संवाददाता

आइतबार, २७ फागुन २०८०, १९ : ३८
बंगलादेश जित्यो साफ यु-१६ च्याम्पियनसिपको उपाधि

काठमाडौँ । साफ यु-१६ महिला फुटबल च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ।

भारतलाई पेनाल्टी सुटआउटमा ३-२ ले पराजित गर्दै बंगलादेश च्याम्पियन बनेको हो । बंगलादेश जारी प्रतियोगितामा अपराजित रहँदै च्याम्पियन बनेको हो। यसअघि बंगलादेशले समूह चरणमा पनि भारतलाई हराएको थियो।

बंगलादेशको किशोरी टोलीले आइतबार भएको फाइनलमा भारतविरुद्ध १-० ले पछि परेको अवस्था उल्ट्याउँदै बराबरी गर्दै खेल पेनाल्टी सुटआउटमा पुर्‍याएको थियो।

प्रतिक्रिया दिनुहोस