दक्षिणासहित पशुपतिबाट साधुसन्तहरुको बिदाई

सफल खबर संवाददाता

आइतबार, २७ फागुन २०८०, १३ : ५२
दक्षिणासहित पशुपतिबाट साधुसन्तहरुको बिदाई

काठमाडौं । महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर आएका साधुसन्तलाई दक्षिणासहित बिदा गरिएको छ । पशुपति क्षेत्र विकास कोषले आइतबार भारतलगायत विभिन्न ठाउँबाट पशुपतिनाथमा आएका साधुसन्तहरुलाई दक्षिणा दिएर बिदाइ गरेको हो ।

यसपालि महाशिवरात्रीका लागि पशुपतिनाथ दर्शन गर्न आएका साधुसन्तहरुलाई वरिष्ठताका आधारमा रुद्राक्षको मालासहित २ सयदेखि ९ हजारसम्म दक्षिणा दिएर बिदाई गरिएको कोषले जनाएको छ । यसवर्ष साधुसन्तको बिदाई र दक्षिणाका लागि करिब २० लाख छुट्टाइएको गुठी संस्थानले जनाएको छ।  काेष र गुठीले शिवरात्रीमा आएका साधुसन्तहरुलाई वर्षाेनी दक्षिनासहित बिदाई गर्दै आइरहेकाे छ ।