काठमाडौं । पाकिस्तानको राष्ट्रपतिमा आसिफ अली जरदारी चुनिएका छन् । उनले आज (आइतबार) अपराह्न चार बजे दोस्रो कार्यकालको शपथ ग्रहण गर्ने कार्यक्रम छ । पाकिस्तानका प्रधानन्यायाधीश काजी फैज इसाले आसिफलाई शपथ खुवाउने छन् ।
६८ वर्षीय जरदारी पाकिस्तान पिपुल्स पार्टीका सहअध्यक्ष हुन् । उनी यसअघि सन् २००८ देखि सन् २०१३ सम्म राष्ट्रपति बनेका थिए ।यसै हप्ता प्रधानमन्त्री बनेका शहबाज शरीफले दोस्रो पटक राष्ट्रपति बनेका आसिफ अली जरदारीलाई बधाई दिएका छन् । उनका अनुसार राष्ट्रपतिमा जरदारी चुनिनु लोकतान्त्रिक मूल्य मान्यताको निरन्तरता हो ।
पाकिस्तानको निर्वाचन आयोगका अनुसार राष्ट्रपतिको निर्वाचनमा ४११ भोट पाएर जरदारी विजयी भएका थिए । उनका प्रतिद्वन्द्वी महमुद खान अचकजईले १८१ भोट पाएका थिए । शनिबारको राष्ट्रपति निर्वाचनमा विधानसभा र सिनेटका १ हजार ४४ सदस्यले भोट हालेका थिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २७ फागुन २०८०, १२ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि-बालेनलाई पाकिस्तानी प्रधानमन्त्रीले दिए बधाई
खामेनीको हत्यापछि पाकिस्तानमा प्रदर्शन, २० जनाको मृत्यु
पाकिस्तान-अफगानिस्तानबिच युद्ध : १२७ जना मारिए
टी–२० विश्वकपको सुपर–८ मा आज पाकिस्तान र न्युजिल्याण्ड भिड्दै
विश्वकपमा आज तीन खेल : नामिबियालाई हराउनै पर्ने दबाबमा पाकिस्तान, समूह विजेता बन्ने दाउमा भारत
टी-२० विश्वकप: भारत र पाकिस्तानबीच आज महाभिडन्त, वर्षाको खतरा