पाकिस्तानको राष्ट्रपतिमा आसिफ अली जरदारी निर्वाचित

एजेन्सी

आइतबार, २७ फागुन २०८०, १२ : २०
पाकिस्तानको राष्ट्रपतिमा आसिफ अली जरदारी निर्वाचित

काठमाडौं । पाकिस्तानको राष्ट्रपतिमा आसिफ अली जरदारी चुनिएका छन् । उनले आज (आइतबार) अपराह्न चार बजे दोस्रो कार्यकालको शपथ ग्रहण गर्ने कार्यक्रम छ । पाकिस्तानका प्रधानन्यायाधीश काजी फैज इसाले आसिफलाई शपथ खुवाउने छन् ।

६८ वर्षीय जरदारी पाकिस्तान पिपुल्स पार्टीका सहअध्यक्ष हुन् । उनी यसअघि सन् २००८ देखि सन् २०१३ सम्म राष्ट्रपति बनेका थिए ।यसै हप्ता प्रधानमन्त्री बनेका शहबाज शरीफले दोस्रो पटक राष्ट्रपति बनेका आसिफ अली जरदारीलाई बधाई दिएका छन् । उनका अनुसार राष्ट्रपतिमा जरदारी चुनिनु लोकतान्त्रिक मूल्य मान्यताको निरन्तरता हो ।

पाकिस्तानको निर्वाचन आयोगका अनुसार राष्ट्रपतिको निर्वाचनमा ४११ भोट पाएर जरदारी विजयी भएका थिए । उनका प्रतिद्वन्द्वी महमुद खान अचकजईले १८१ भोट पाएका थिए । शनिबारको राष्ट्रपति निर्वाचनमा विधानसभा र सिनेटका १ हजार ४४ सदस्यले भोट हालेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस